दफा ७८
विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने

(१) दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न निवेदन परेमा सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरीनिवेदन परेको मितिले सात दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित सम्बन्धित अधिकारीलाई प्रस्तावित विवाहको सम्बन्धमा कुनैशङ्का लागेमा नेपाल सरकार समक्ष पेश गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ।